समानुपातिक मतगणनामा रास्वपा अग्रस्थानमा, कांग्रेस दोस्रो

एक महिना अगाडि
समानुपातिक मतगणनामा रास्वपा अग्रस्थानमा, कांग्रेस दोस्रो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ। हालसम्म ३१ हजार ८८२ मत गणना हुँदा रास्वपाले १८ हजार ८३० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस ५ हजार ५६० मतसहित दोस्रो स्थानमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी २ हजार ८४८ मतसहित तेस्रो स्थानमा रहेको छ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २ हजार १०१ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले ७८४ मत, नेपाल कम्युनिष्ट पार्टीले ६१९ मत र राष्ट्रिय परिवर्तन पार्टीले ४१३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीले १११ मत पाएको छ भने नेपाल जनता संरक्षण पार्टीले ९२ मत प्राप्त गरेको छ।

समानुपातिकतर्फको मतगणना देशभर जारी रहेकाले आगामी समयसँगै परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।