चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक निर्वाचित, झण्डै ४० हजारको फराकिलो मतान्तर

एक महिना अगाडि
चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक निर्वाचित, झण्डै ४० हजारको फराकिलो मतान्तर

चितवन । रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार रवि लामिछाने ले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मीना खरेल ले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।

यसअघि पनि राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले २०७९ सालको प्रतिनिधि सभा निर्वाचन मा चितवन–२ बाट भारी मतसहित विजय हासिल गरेका थिए। त्यसपछि नागरिकता प्रकरणका कारण पद गुमेपछि चितवन–२ उपनिर्वाचन २०८० मा भएको उपनिर्वाचनमा पनि उनले अझ बढी मत ल्याउँदै पुनः विजय हासिल गरेका थिए। उनी दुई पटक उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत भइसकेका छन्।

यसपटकको निर्वाचनमा अस्मिन घिमिरे (नेकपा एमाले) ले ६ हजार ९९२ मत प्राप्त गरे भने प्रताप गुरुङ (नेपाल कम्युनिष्ट पार्टी) ले ४ हजार ९६९ मत ल्याएका छन्।