बझाङ । नेकपा एमाले का केन्द्रीय सदस्य ऐन महर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बझाङबाट उम्मेदवार बनेका ऐन महर ले १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी प्रकाश रसाइली (नेपाली कांग्रेस) ले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।
विद्यार्थी राजनीतिबाट उदाएका महर अनेरास्ववियु को केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेका नेता हुन्।