ललितपुर । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार बुद्ध रत्न महर्जन विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका उदय शमशेर राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् । महर्जनले राणालाई ९ हजार ८५३ मतान्तरले पछि पारेका हुन्।
यसैगरी नेकपा एमाले का उम्मेदवार चेतनाथ संजेल ले ६ हजार ५४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन्। यस परिणामसँगै ललितपुर–१ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी ले जित हात पार्दै आफ्नो उपस्थिति बलियो बनाएको छ।