सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल निर्वाचित

एक महिना अगाडि
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल निर्वाचित

सिन्धुली । सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार आशिष गजुरेल निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लेखनाथ दाहाल (राजन) (नेपाल कम्युनिष्ट पार्टी) ले १४ हजार ७८० मत प्राप्त गरेका छन्।

दाहाल सोही क्षेत्रबाट निर्वाचित बहालवाला सांसदसमेत हुन्। लामो समयदेखि तत्कालीन माओवादीको प्रभाव रहेको सिन्धुली–२ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी ले जित हात पारेको हो।

त्यसैगरी नेकपा एमाले का उम्मेदवार मनोजजंग थापा ११ हजार ६०६ मतसहित तेस्रो स्थानमा रहे। सुशीला थिङ (नेपाली कांग्रेस) ले ६ हजार ७६० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरिन्।

यस्तै महेश्वर दाहाल (स्वतन्त्र) ले ५८६ मत प्राप्त गरेका छन्।