चितवन–३ मा रास्वपाकी सोविता गौतम भारी मतसहित विजयी

एक महिना अगाडि
चितवन–३ मा रास्वपाकी सोविता गौतम भारी मतसहित विजयी

चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार सोविता गौतम भारी मतसहित विजयी भएकी छन्।

निर्वाचन परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी रेनु दाहाल (नेपाल कम्युनिष्ट पार्टी) ले २० हजार ६१५ मत प्राप्त गरिन्।

दुवै उम्मेदवारबीच ३८ हजार ६६२ मतको फराकिलो अन्तर रहेको छ।

परिणाम सार्वजनिक भएपछि रेनु दाहाल ले सामाजिक सञ्जालमार्फत विजेता सोविता गौतम लाई बधाई दिँदै चितवनवासीको मन जित्न सफल भए पनि मत जित्न नसकेको उल्लेख गरेकी छन्।