काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टी का संस्थापकसमेत रहेका उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) ले २७ हजार २४९ मत प्राप्त गरिन्। साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पछि पार्दै निर्वाचन जितेका हुन्।
यसअघि सोही पार्टीका आरेन राई ले खोटाङ जिल्ला को क्षेत्र नम्बर १ बाट जित हासिल गरिसकेका छन्। त्यस्तै भोजपुर जिल्ला क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा पार्टीकै उम्मेदवार ध्रुवराज राई अग्रस्थानमा रहेका छन्।
यससँगै श्रम संस्कृति पार्टीले पूर्वी पहाडी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको संकेत देखिएको छ।