केन्या संसदबाट नेपाली अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान

२ हप्ता अगाडि
केन्या संसदबाट नेपाली अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान

कात्तिक २८, काठमाडौं । नेपाल र केन्याबीच पछिल्ला वर्षमा सुदृढ बन्दै गएको कूटनीतिक, व्यावसायिक र जन–स्तरीय साझेदारी को पृष्ठभूमिमा, केन्याका लागि नेपाली अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन लाई केन्या संसदले विशेष सम्मान प्रदान गरेको छ।

संसदका सभापतिले टण्डन नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई औपचारिक स्वागत गर्दै, दुवै देशबीचको सम्बन्ध आर्थिक सहयोग, व्यापार विस्तार र जन–स्तरमा सहकार्यद्वारा अझ परिणाममुखी बन्ने विश्वास व्यक्त गरेकी थिइन्।

२०२५ जुन महिनामा केन्याका उच्चायुक्तको उपस्थितिमा उद्घाटन गरिएको नेपाली कन्सुलेट कार्यालय ले छोटो अवधिमै प्रभावकारी कूटनीतिक सक्रियता देखाएपछि, केन्या संसदबाट प्राप्त औपचारिक प्रशंसा ले कन्सुलेटको विश्वसनीयता, प्रभाव र प्रतिष्ठा उल्लेखनीय रूपमा उकासेको विश्लेषण गरिएको छ।

वाणिज्यदूत टण्डनले केन्याली उत्पादनलाई नेपाली बजारसम्म पुर्‍याउने नयाँ व्यापारिक ढोका खोल्न निरन्तर सहकार्य र पहलहरू जारी राख्दै आएका छन्। यस्तो प्रत्यक्ष व्यापारिक कडी ले नेपाल–केन्या आर्थिक सम्बन्धलाई नयाँ मोड र सम्भावनामा रूपान्तरण गरिरहेको देखिन्छ।

रेमिट्यान्स क्षेत्रमा दीर्घ अनुभव बोकेको व्यक्तित्वका रूपमा टण्डनले नेपालमा रहेका विस्तारोन्मुख केन्याली समुदायलाई प्रभावकारी कन्सुलर सेवा प्रदान गर्दै आएका छन्,जसले कूटनीति तथा व्यापारिक सम्बन्धलाई व्यवहारिक, मानवीय र दीर्घकालीन आधारमा जोड्ने कार्य भइरहेको छ।

नैरोबी–काठमाडौं कूटनीतिक संवाद सक्रिय बन्दै गएको वर्तमान अवस्थामा, टण्डनको भूमिकालाई केन्या संसदबाट प्राप्त यो सम्मान दुवै देशबीचको आत्मीयता, सम्मान र साझेदारी अझ गहिरिँदै गएको संकेत मानिएको छ।