समानुपातिकतर्फ चार दलले कटाए थ्रेसहोल्ड

एक महिना अगाडि
समानुपातिकतर्फ चार दलले कटाए थ्रेसहोल्ड

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीअन्तर्गत हालसम्म चार राजनीतिक दलले आवश्यक थ्रेसहोल्ड पार गरेका छन्। निर्वाचन आयोग का अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी ले तीन प्रतिशतको सीमा पार गरेका हुन्।

आयोगका तथ्यांक अनुसार रास्वपाले ३९ लाख ५० हजार ८१० मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम राखेको छ। कांग्रेसले १३ लाख ३० हजार १०१ मत पाएको छ भने नेकपाले ५ लाख ७९ हजार ६२६ मत ल्याएको छ।

उता श्रम संस्कृति पार्टी ले २ लाख ८७ हजार ६४५ मत प्राप्त गरे पनि अझै थ्रेसहोल्ड पार गर्ने सीमारेखामै रहेको देखिएको छ।

समानुपातिकतर्फ कुल १ करोड ९ लाखभन्दा बढी मत खसेको आयोगले जनाएको छ। प्रतिनिधिसभामा कुल २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचनबाट र ११० सिट समानुपातिक प्रणालीबाट निर्धारण हुने संवैधानिक व्यवस्था छ। यस प्रणालीबाट सिट प्राप्त गर्न कम्तीमा तीन प्रतिशत मत आवश्यक हुन्छ।