काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी लाई संसद्मा एकल बहुमत नजिक पुर्याएको देखिएको छ।
प्रत्यक्षतर्फ रास्वपाले हालसम्म १२४ सिट जितिसकेको छ। समानुपातिकतर्फ पनि उसले ३८ लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ। यी नतिजाले संसद्मा स्पष्ट बहुमत सुनिश्चित हुने संकेत गरेका छन्।
संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
अन्तिम परिणाम सार्वजनिक भएपछि निर्वाचन आयोग ले एक साताभित्र आफ्नो प्रतिवेदन रामचन्द्र पौडेल समक्ष पेश गर्नेछ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।