राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई आज शपथ

एक महिना अगाडि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई आज शपथ

काठमाडौं । हालै निर्वाचित राष्ट्रियसभाका सदस्यहरूको सोमबार शपथ ग्रहण कार्यक्रम आयोजना हुँदैछ।

संघीय संसद् सचिवालय का अनुसार शपथ कार्यक्रम सिंहदरबार स्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा हुनेछ।

कार्यक्रममा नारायणप्रसाद दाहाल ले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट १८ सदस्य निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ।

सचिवालयले शपथ कार्यक्रममा सहभागी हुँदा औपचारिक वा आफ्नो पहिचान झल्किने पोशाक लगाएर उपस्थित हुन आग्रह गरेको छ।