सुनको मूल्यमा गिरावट

एक महिना अगाडि
सुनको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ पुगेको छापावाला सुन आज ३ हजार ७०० रुपैयाँले घटेर ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको महासंघले जनाएको छ।