काठमाडौं । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स प्रतियोगितामा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली नयाँ दिल्ली प्रस्थान गरेको छ।
भोलिदेखि सुरु हुने प्रतियोगितामा सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्की ले प्रतिस्पर्धा गर्नेछन्।
टोली प्रमुखका रूपमा साङ्बु भोटे रहेका छन्। टोलीलाई ओमनाथ सिवाकोटी ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए।