काठमाडौं । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी मत प्राप्त गरेका मातृकाप्रसाद यादव ले अझै विजेताको प्रमाणपत्र नपाएको भन्दै नेपाली कम्युनिस्ट पार्टी ले आपत्ति जनाएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्य ले विज्ञप्ति जारी गर्दै मत परिणाम सार्वजनिक भइसकेपछि पनि आयोगले प्रमाणपत्र नदिनु अनुचित भएको बताएका छन्।
यसअघि आयोगले फागुन १८ गतेको निर्णयअनुसार किशोरी साह कमल (राष्ट्रिय स्वतन्त्र पार्टी) को उम्मेदवारी खारेज गरेको थियो। उनी वित्तीय कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको थियो।
यस घटनापछि पनि यादवलाई औपचारिक रूपमा विजेता घोषणा नगरिएको भन्दै नेकपाले निर्वाचन आयोगसँग स्पष्ट जवाफ मागेको छ।