विश्व बजारमा कच्चा तेलको मूल्य सय डलरमाथि

एक महिना अगाडि
विश्व बजारमा कच्चा तेलको मूल्य सय डलरमाथि

विश्व बजारमा कच्चा तेलको मूल्य सन् २०२२ पछि पहिलो पटक प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ।

अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण स्ट्रेट अफ होर्मुज़ क्षेत्रमा तेल आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ताले मूल्य बढेको बताइएको छ।

BBC का अनुसार अमेरिका र इजरायलले हालै इरानका तेल डिपोहरूलाई लक्षित गरी हवाई आक्रमण गरेका थिए।

यो क्षेत्र विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले अवरोध आएमा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य अझ बढ्न सक्ने विश्लेषण गरिएको छ।