काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ले अत्यन्तै ठूलो अग्रता कायम गरेको छ।
निर्वाचन आयोग का अनुसार हालसम्म ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ। यसमध्ये रास्वपाले ४१ लाख ५१ हजार २५७ मत अर्थात् ४८.३१ प्रतिशत मत प्राप्त गरेको छ। यससँगै रास्वपा समानुपातिकतर्फ पनि सबैभन्दा ठूलो दल बन्ने लगभग निश्चित भएको देखिएको छ।
परम्परागत दल नेपाली कांग्रेस १३ लाख ८९ हजार ९६६ मत (१६.१७ प्रतिशत) सहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ लाख ७३ हजार ५६१ मत (१३.६६ प्रतिशत) सहित तेस्रो स्थानमा सीमित भएको छ।
अन्य दलतर्फ नेपाली कम्युनिस्ट पार्टी ले ७.०९ प्रतिशत मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टी ले ३.५० प्रतिशत मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३.२८ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ।