निर्वाचनका बाँकी प्रक्रिया चैतको पहिलो साताभित्र सकिने

एक महिना अगाडि
निर्वाचनका बाँकी प्रक्रिया चैतको पहिलो साताभित्र सकिने

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया चैतको पहिलो साताभित्र सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मंगलबारसम्म समानुपातिक मतगणना सकिने अनुमान गरिएको छ। त्यसपछि दलहरूले प्राप्त गरेको मत प्रतिशतका आधारमा समानुपातिक बन्दसूचीबाट चयन हुने उम्मेदवारको नाम मागिनेछ।

दलहरूले पठाएका नामहरूलाई आयोगले संवैधानिक क्लस्टरअनुसार जाँच गरी अन्तिम सूची तयार पार्नेछ। त्यसपछि समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका उम्मेदवारहरूलाई भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र दिइसकिएको आयोगले जनाएको छ।