धनुषा–१ को नतिजा विवादमा, सर्वोच्चको आदेश पर्खिँदै आयोग

एक महिना अगाडि
धनुषा–१ को नतिजा विवादमा, सर्वोच्चको आदेश पर्खिँदै आयोग

काठमाडौं । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम अझै औपचारिक रूपमा घोषणा हुन सकेको छैन।

यस क्षेत्रमा किशोरी साह (राष्ट्रिय स्वतन्त्र पार्टी) को उम्मेदवारी निर्वाचन आयोग ले फागुन १८ गते खारेज गरेपछि चुनावी परिणाम विवादमा परेको हो। आयोगका अनुसार उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पुष्टि भएपछि उम्मेदवारी रद्द गरिएको थियो।

यस निर्णयविरुद्ध साहले सर्वोच्च अदालत मा रिट दायर गरेपछि आयोगले मतपरिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ।

मतगणनाको प्रारम्भिक विवरणअनुसार घण्टी चुनाव चिह्नमा २१ हजारभन्दा बढी मत खसेको देखिएको छ। अन्य उम्मेदवारमध्ये मातृकाप्रसाद यादव (नेकपा) ले १० हजार ४२८, रामपल्टन साह (कांग्रेस) ले ९ हजार ४८५ र रामचन्द्र मण्डल (एमाले) ले ९ हजार २२० मत पाएका छन्।

तर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले आयोगले औपचारिक परिणाम घोषणा नगरेको हो। यस विषयमा नेकपाले भने आयोगको निर्णयप्रति आपत्ति जनाएको छ।