राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

एक महिना अगाडि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

काठमाडौं । हालै निर्वाचित राष्ट्रियसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नारायणप्रसाद दाहाल ले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्। राष्ट्रियसभा सदस्यका लागि गत माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो, जसबाट १८ जना सदस्य निर्वाचित भएका थिए।

निर्वाचन परिणामअनुसार कोशी प्रदेश बाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्।

त्यस्तै मधेस प्रदेश बाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन्।

बागमती प्रदेश बाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेश बाट जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन्।

यसैगरी लुम्बिनी प्रदेश बाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे, कर्णाली प्रदेश बाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिम प्रदेश बाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन्।