काठमाडौं । बालेन साह ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोग मा बुझाएका छन्।
झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित साहले आफ्नो कुल चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ भएको उल्लेख गरेका छन्।
उनले विवरणमा सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ खर्च भएको जनाएका छन् भने हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको देखिएको छ।
यस्तै मतदाता प्रशिक्षण कार्यक्रमका लागि २९ हजार ३९० रुपैयाँ तथा वडा स्तरका प्रचार कार्यक्रममा खाजा खर्च २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। प्रचार अभियानमा मात्रै करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ भने उम्मेदवारी दर्ताका क्रममा १० हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरिएको छ।