काठमाडौं । पश्चिम एसियाली देशहरूमा रहेका नेपाली नागरिकहरूको अवस्था बुझ्न सुरु गरिएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५४ हजारभन्दा बढी नेपालीले विवरण दर्ता गराएका छन्।
कन्सुलर सेवा विभाग का अनुसार आइतबार साँझसम्म ५४ हजार ७८६ जनाले आफ्नो जानकारी प्रणालीमा अद्यावधिक गरेका छन्।
परराष्ट्र मन्त्रालय ले दर्ता भएका विवरणहरूलाई प्राथमिकताका साथ अध्ययन गरी आवश्यक कदम चाल्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।
इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच बढ्दो तनावका कारण पश्चिम एसियामा अस्थिरता बढ्दै गएको छ। यस क्षेत्रमा करिब १७ लाख २९ हजार नेपाली कार्यरत रहेकाले उनीहरूको सुरक्षाप्रति चिन्ता बढेको छ।