निर्वाचनपछि शेयर बजारमा तीव्र उछाल

एक महिना अगाडि
निर्वाचनपछि शेयर बजारमा तीव्र उछाल

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि खुला भएको शेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज का अनुसार नेप्से सूचक सोमबार ६ प्रतिशत अर्थात् १६२.९३ अंकले बढेर २,८७५.४३ बिन्दुमा पुगेको छ।

यो एकैदिनको उच्च वृद्धिमध्ये एक मानिएको छ। यद्यपि कारोबार रकम भने ५५ करोड ५९ लाख रुपैयाँ बराबरको ११ लाख ४३ हजार कित्ता शेयरमा सीमित रहेको नेप्सेले जनाएको छ।

आज २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने एउटा कम्पनीको मात्रै मूल्य घटेको देखिएको छ।