मध्यपूर्व । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
सन् २०२२ पछि पहिलो पटक तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अयातोल्लाह अली खामेनी को मृत्यु भएको दाबीपछि इरान मा राजनीतिक अस्थिरता बढेको छ। स्थानीय सञ्चारमाध्यमहरूले उनका छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेता बन्न सक्ने चर्चा गरेका छन्।
अमेरिका र इजरायल ले इरानका तेल डिपोमा आक्रमण गरेपछि क्षेत्रीय तनाव झन् बढेको बताइएको छ।
हर्मुज जलडमरूमध्य मार्फत विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने भएकाले यहाँ अवरोध आएमा अन्तर्राष्ट्रिय बजारमा मूल्य अझ बढ्न सक्ने विश्लेषण गरिएको छ।