प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट अग्रता कायम राखेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म एक करोड ४ लाख १९ हजार २३४ मत गणना भइसकेको छ। तीमध्ये रास्वपाले ५० लाख ५२ हजार मत प्राप्त गर्दै कुल मतको करिब ४७.९१ प्रतिशत हिस्सा ओगटेको छ। यसले समानुपातिकतर्फ पनि रास्वपा सबैभन्दा ठूलो दल बन्ने सम्भावना बलियो देखिएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ, जुन कुल मतको १६.२५ प्रतिशत हो। तेस्रो स्थानमा रहेको नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत पाउँदै १३.५५ प्रतिशत मत हासिल गरेको छ। अन्य दलमध्ये नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ। मतगणना अन्तिम चरणतिर पुगेकाले अब केही घण्टाभित्रै अन्तिम परिणाम स्पष्ट हुने अपेक्षा गरिएको छ।