हर्मुज जलमार्ग अवरुद्ध भए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एक महिना अगाडि
हर्मुज जलमार्ग अवरुद्ध भए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्ग हुँदै हुने तेल आपूर्ति अवरुद्ध गर्ने प्रयास गरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका बीच उनले यस्तो चेतावनी दिएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै इरानले तेल ढुवानी रोक्ने प्रयास गरे अमेरिकाले अहिलेभन्दा २० गुणा कडा प्रहार गर्न तयार रहेको बताएका छन्। उनले त्यस्तो अवस्था आए इरानका महत्वपूर्ण रणनीतिक लक्ष्यहरू ध्वस्त पारिने चेतावनी दिएका छन्।

हर्मुज जलमार्ग ओमान र इरानबीच रहेको विश्वकै महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग हो। सन् २०२४ मा विश्वको करिब २० प्रतिशत पेट्रोलियम यही मार्गबाट ढुवानी भएको तथ्यांक छ। यस क्षेत्रमा तनाव बढ्दा विश्वव्यापी ऊर्जा बजारमा असर पर्ने र तेलको मूल्य अझै बढ्ने सम्भावना विश्लेषकहरूले व्यक्त गरेका छन्।