जेन–जी आन्दोलनपछि पुनर्निर्माणका लागि चार अर्बभन्दा बढी बजेट

एक महिना अगाडि
जेन–जी आन्दोलनपछि पुनर्निर्माणका लागि चार अर्बभन्दा बढी बजेट

सरकारले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमै चार अर्ब ३४ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले २३ र २४ भदौमा भएको आन्दोलनबाट प्रभावित संरचना तथा सम्पत्तिको पुनर्स्थापना सम्बन्धी कार्ययोजना २०८२ स्वीकृत गर्दै आवश्यक बजेट सुनिश्चित गरेको हो।

स्वीकृत योजनाअनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा चार अर्ब ३४ करोड रुपैयाँ खर्च गरिनेछ। यससँगै आगामी दुई आर्थिक वर्षका लागि पनि वार्षिक १० अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याउने गरी ‘एयरमार्क’ गरिएको बताइएको छ।

आन्दोलनका क्रममा सरकारी कार्यालय, सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। सरकारले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण, मर्मत तथा व्यवस्थापनलाई चरणबद्ध रूपमा अघि बढाउने योजना बनाएको जनाएको छ।