लेबनानमा इजरायली हवाई आक्रमण, मृतक संख्या ३९४ पुग्यो

एक महिना अगाडि
लेबनानमा इजरायली हवाई आक्रमण, मृतक संख्या ३९४ पुग्यो

लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणका कारण मृत्यु हुनेको संख्या ३९४ पुगेको छ। लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनका अनुसार मृतकमध्ये ८३ बालबालिका र ४२ महिला रहेका छन्।

यस आक्रमणमा एक हजार १ सय ३० जना घाइते भएका छन्, जसमा २५४ बालबालिका र २७४ महिला रहेको जानकारी दिइएको छ। धेरैजसो आक्रमण आवासीय क्षेत्र तथा नागरिक संरचनालाई लक्षित गरी गरिएको आरोप लगाइएको छ।

दक्षिणी र पूर्वी लेबनानमा पछिल्ला ४८ घण्टामा सबैभन्दा बढी क्षति भएको बताइएको छ। बेका उपत्यकामा भएको एउटा आक्रमणमा एउटै परिवारका छ जना सदस्यको मृत्यु भएको छ। उद्धारमा खटिएका स्वास्थ्यकर्मीहरू समेत आक्रमणको जोखिममा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।