नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम गरिएको छ। यो सोमबारको तुलनामा प्रतितोला तीन हजार ८०० रुपैयाँले बढी हो।
सोमबार सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार १० ग्राम सुनको मूल्य दुई लाख ७१ हजार ७७५ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार ७२० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग तथा मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।