काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग का अनुसार अहिले इलाम–१ र गोरखा–१ का केही केन्द्रको मत मात्र गणना हुन बाँकी रहेको छ। हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि स्पष्ट अग्रस्थानमा देखिएको छ। पार्टीले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको आयोगले जनाएको छ।
यसैगरी नेपाली कांग्रेस ले १७ लाख ४८ हजार ३३६ मत पाएको छ भने नेकपा एमाले ले १४ लाख ४८ हजार ४१२ मत ल्याएको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी ले ८ लाख ४ हजार १७१ मत प्राप्त गरेको छ।
अन्य दलतर्फ श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख ७४ हजार ३१४ मतसहित थ्रेसहोल्ड पार गरेको छ। आयोगका अनुसार हालसम्म देशभर १ करोड ७ लाखभन्दा बढी मत गणना भइसकेको छ र अन्तिम परिणाम केही समयमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।