रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक

एक महिना अगाडि
रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक

चितवन । रवि लामिछाने ले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछाने चितवन–२ बाट निर्वाचित भएका हुन्।

उनले निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार चुनावी अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। विवरणअनुसार गोष्ठी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको छ भने खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ।

यस्तै यातायात तथा इन्धनतर्फ २ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ भने प्रचार सामग्री छपाइ तथा वितरणमा १ लाख १२ हजार रुपैयाँ लागेको विवरणमा उल्लेख छ। मतदाता प्रशिक्षणका लागि १४ हजार २ सय रुपैयाँ खर्च भएको छ। साथै उम्मेदवारी दर्ता शुल्क १० हजार रुपैयाँ र तीनपटकको हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।