काठमाडौँ–दुबई विशेष उडान तयारी

एक महिना अगाडि
काठमाडौँ–दुबई विशेष उडान तयारी

काठमाडौं । नेपाल वायुसेवा निगम ले काठमाडौँ-दुबई-काठमाडौँ विशेष उडान सञ्चालन गर्ने तयारी गरेको छ। मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दै गएको सुरक्षा तनावका कारण नियमित उडान प्रभावित भएपछि यात्रुलाई राहत दिन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमका अनुसार आज राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान हुनेछ। दुबईबाट काठमाडौँ फर्किने उडान भने भोलि स्थानीय समयअनुसार बिहान ४ बजेर १० मिनेटमा तय गरिएको छ।

फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुले यो विशेष उडान प्रयोग गर्न सक्ने निगमले जनाएको छ। यात्रुले आफ्नो टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ।