हर्मुज क्षेत्रमा इरानी जहाज ध्वस्त पारिएको दाबी

एक महिना अगाडि
हर्मुज क्षेत्रमा इरानी जहाज ध्वस्त पारिएको दाबी

मध्यपूर्व । अमेरिका ले इरान का बारुदी सुरुङ बिछ्याउन प्रयोग हुने जहाजहरू नष्ट गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई हर्मुज जलडमरू मा सुरुङ नबिछ्याउन चेतावनी दिएपछि अमेरिकी सेन्ट्रल कमान्डले १६ वटा इरानी जहाज ध्वस्त पारिएको जनाएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा विभिन्न डुङ्गामाथि आक्रमण भई विस्फोट भएको दृश्य देखिएको बताइएको छ। हर्मुज जलडमरू विश्वका प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यहाँ हुने कुनै पनि तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने गर्दछ।

यसैबीच इरान ले इजरायल विरुद्ध अहिलेसम्मकै शक्तिशाली सैन्य कारबाही गरेको दाबी गरेको छ। त्यसको केही घण्टापछि इजरायलले तेहरानका विभिन्न स्थानमा पुनः हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।