काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँ पुगेको छ।
मंगलबार सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँ कायम थियो। आजको वृद्धिसँगै बजारमा सुनको कारोबार उच्च मूल्यमा भइरहेको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज पनि प्रतितोला पाँच हजार ७२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दो क्रममा रहेको छ। पछिल्लो विवरणअनुसार विश्व बजारमा एक औँस सुन करिब पाँच हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।