सातदोबाटोमा ‘जेन–जी शहीद स्मारक पार्क’ निर्माण सुरु

एक महिना अगाडि
सातदोबाटोमा ‘जेन–जी शहीद स्मारक पार्क’ निर्माण सुरु

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क’ निर्माण कार्य सुरु गरिएको छ।

आन्दोलनमा ज्यान गुमाएका ४५ जनामध्ये ४२ जनाको शालिक उक्त पार्कमा स्थापना गरिने योजना रहेको जनाइएको छ। राष्ट्रिय खेलकुद परिषद्को १२४ औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको हो।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको बैठकले स्मारक निर्माण प्रस्ताव स्वीकृत गरेको थियो। ऐतिहासिक र मौलिक शैलीमा निर्माण गरिने उक्त पार्कले जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म सम्झनयोग्य बनाउने अपेक्षा गरिएको छ।