आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुन प्रतिऔँस करिब ५ हजार २१० अमेरिकी डलर र चाँदी ८८ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।