इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को फुटबल विश्वकपमा भाग नलिन सक्ने संकेत दिएका छन्। अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणपछि उत्पन्न सुरक्षा अवस्थाका कारण यस्तो निर्णय लिनुपर्ने अवस्था आएको उनले बताएका हुन्।
उनका अनुसार खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने भएकाले जोखिमपूर्ण अवस्थामा प्रतियोगितामा सहभागी हुन कठिन हुन सक्छ। यद्यपि इरानी फुटबल संघ वा फिफाले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।
सन् २०२६ को विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगितामा इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग परेको छ।