अमेरिकाले नयाँ व्यापार अनुसन्धान सुरु गर्ने

एक महिना अगाडि
अमेरिकाले नयाँ व्यापार अनुसन्धान सुरु गर्ने

अमेरिकाले भारत र चीनसहित आफ्ना प्रमुख व्यापारिक साझेदार देशविरुद्ध नयाँ व्यापार अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार ‘सेक्सन ३०१’ अन्तर्गत विभिन्न देशका कथित अनुचित व्यापारिक अभ्यासबारे अनुसन्धान गरिनेछ।

यदि कुनै देश दोषी ठहरिएमा त्यस देशबाट आयात हुने वस्तुमा अतिरिक्त ट्यारिफ लगाउन सकिने बताइएको छ। अनुसन्धानको दायरामा युरोपेली संघ, चीन, भारत, जापान, दक्षिण कोरिया र मेक्सिकोसहित अन्य देशहरू पनि पर्ने जनाइएको छ।

यस अनुसन्धानलाई जुलाईअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसअघि अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका केही ट्यारिफलाई गैरकानुनी ठहर गरेपछि नयाँ कदमका रूपमा अनुसन्धान अघि बढाइएको बताइएको छ।