होर्मुज जलडमरू अवरुद्ध राख्ने संकेत

एक महिना अगाडि
होर्मुज जलडमरू अवरुद्ध राख्ने संकेत

तेहरान। इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा अवरोध जारी रहने संकेत दिएका छन्। इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। सन्देश प्रत्यक्ष रूपमा उनले पढेर सुनाएको नभई समाचार वाचकमार्फत सार्वजनिक गरिएको थियो। गत फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको थियो। पदभार सम्हालेपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन्। यदि होर्मुज जलडमरूमा अवरोध कायम रह्यो भने विश्वव्यापी इन्धन आपूर्ति तथा मूल्यमा ठूलो असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन्।