दुबईको वित्तीय क्षेत्र नजिक ड्रोन दुर्घटना

एक महिना अगाडि
दुबईको वित्तीय क्षेत्र नजिक ड्रोन दुर्घटना

दुबई। संयुक्त अरब इमिरेट्सको दुबईस्थित प्रमुख वित्तीय क्षेत्र नजिक बिहीबार एक ड्रोन खसेको घटना सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल बदाआ क्षेत्रमा खसेको उक्त ड्रोन शेख जायद रोडस्थित एक भवनको बाहिरी भागमा ठोक्किएको थियो। शेख जायद रोड दुबईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र नजिक पर्ने व्यस्त सडक हो। अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्रहरूमा इरानले आक्रमण गर्न सक्ने चेतावनी दिएको सन्दर्भमा यस घटनालाई शंकास्पद रूपमा हेरिएको छ। यसबीच संयुक्त अरब इमिरेट्सकी राज्यमन्त्री लाना नुसैबेहले आफ्नो देशको हवाई क्षेत्र इरानमाथि आक्रमणका लागि प्रयोग गर्न अमेरिकालाई अनुमति नदिने स्पष्ट पारेकी छन्। उनले इरानविरुद्धको सैन्य कारबाहीलाई गैरकानुनी र उक्साहटविहीन कार्य भन्दै आलोचना पनि गरेकी छन्।