उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको प्रारम्भिक प्रतिवेदन

एक महिना अगाडि
उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको प्रारम्भिक प्रतिवेदन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गरेको खर्चमा पारदर्शिता नदेखिएको संयुक्त प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनले जनाएको छ। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले तयार पारेको प्रतिवेदनमा कानुनी खर्च सीमा र वास्तविक खर्चबीच ठूलो अन्तर देखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा व्यवहारमा उम्मेदवारहरूले धेरै बढी रकम खर्च गरेको पाइएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारका लागि भूगोलका आधारमा अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च सीमा निर्धारण गरिएको थियो।

समानुपातिक प्रणालीतर्फ उम्मेदवारका लागि करिब दुई लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो। तर विशेषगरी चर्चित तथा प्रतिस्पर्धी निर्वाचन क्षेत्रमा वास्तविक खर्च आयोगले निर्धारण गरेको सीमाभन्दा धेरै बढी भएको प्रतिवेदनले औंल्याएको छ।