अमेरिका र इजरायलका जहाजलाई मात्र ‘स्ट्रेट अफ होर्मुज’मा रोक

एक महिना अगाडि
अमेरिका र इजरायलका जहाजलाई मात्र ‘स्ट्रेट अफ होर्मुज’मा रोक

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अरघचीले ‘स्ट्रेट अफ होर्मुज’ समुद्री मार्ग पूर्ण रूपमा बन्द नगरिएको बताएका छन्। उनका अनुसार अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूलाई मात्र सो मार्ग प्रयोग गर्न रोक लगाइएको हो।

एक अन्तर्वार्तामा उनले इरानमाथि आक्रमण गरिरहेका वा इरानका शत्रु मानिएका देशका जहाजलाई मात्र अवरोध गरिने स्पष्ट पारे। अन्य मुलुकका जहाज भने सामान्य रूपमा आवत–जावत गर्न सक्ने उनले बताए।

यद्यपि सुरक्षा जोखिमका कारण केही देशका जहाजहरूले सो मार्ग प्रयोग गर्न हिच्किचाइरहेका छन्। विश्वभर दैनिक आपूर्ति हुने करिब २० प्रतिशत तेल यही मार्गबाट ढुवानी हुने भएकाले अन्तर्राष्ट्रिय तेल बजार र अर्थतन्त्रमा यसको प्रभाव देखिन थालेको छ।

‘स्ट्रेट अफ होर्मुज’ इरान र ओमानबीच पर्ने विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो।