निर्वाचन परिणामको समीक्षा गर्न कांग्रेसको निर्देशन

एक महिना अगाडि
निर्वाचन परिणामको समीक्षा गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। अपेक्षाअनुसार नतिजा आउन नसकेपछि पार्टीले सबै तहबाट कारणसहितको विवरण संकलन गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिति तथा उम्मेदवारहरूलाई अनुशासन समिति गठन गरेर पराजयका कारणसहित प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ।

महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा निर्वाचन परिणामको विश्लेषण, कमजोरीका कारण र सुधारका उपायहरू समेटेर प्रतिवेदन पठाउन भनिएको छ।

कांग्रेसले उक्त प्रतिवेदन आगामी चैत ३ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्न समयसीमा तोकेको छ।