सुनको मूल्य तोलामा ४८०० रुपैयाँ घट्यो

एक महिना अगाडि
सुनको मूल्य तोलामा ४८०० रुपैयाँ घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हालसम्मको उच्च मूल्य भने गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँ रहेको चाँदी आज २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ कायम भएको छ।

चाँदीको उच्चतम मूल्य पनि गत माघ १५ गते नै प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।