काठमाडौं । देशका केही स्थानमा आइतबार बिहान वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परेको हो।
हाल बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम, पाल्पा, गुल्मी र अर्घाखाँची लगायत जिल्लामा वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गइरहेको छ।
नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली र वर्षाको अवस्था देखिएको विभागले जनाएको छ। साँझतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।