काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै करिब १० दिन लाग्न सक्ने जनाएको छ।
आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले संवैधानिक प्रक्रियाअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।
समानुपातिकतर्फका सांसदहरूको सूची तय गर्न पार्टीले आइतबार सचिवालय बैठक पनि बोलाएको छ।
झाका अनुसार समानुपातिक प्रणालीअन्तर्गत सबै क्लस्टर पूरा गरेर सांसद चयन गरिनेछ। त्यसपछिको प्रक्रियाअनुसार नयाँ सरकार गठन हुन झण्डै १० दिन लाग्न सक्ने उनले बताए।