होर्मुज जलमार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको अपिल

एक महिना अगाडि
होर्मुज जलमार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको अपिल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न विभिन्न देशलाई युद्धपोत पठाउन आग्रह गरेका छन्।

ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई उक्त क्षेत्रमा नौसैनिक उपस्थिति बढाउन अपिल गरेका हुन्।

उनको आग्रहपछि बेलायतले सहयोगी तथा साझेदार मुलुकहरूसँग सम्भावित विकल्पबारे छलफल भइरहेको जनाएको छ। चीनले तत्काल युद्ध अन्त्यको अपिल गरे पनि ट्रम्पको अनुरोध स्वीकार गर्नेबारे स्पष्ट प्रतिक्रिया दिएको छैन।

जापानले तत्काल युद्धपोत पठाउने योजना नरहेको र यसबारे स्वतन्त्र रूपमा निर्णय लिने जनाएको छ। फ्रान्सले पनि होर्मुजमा युद्धपोत पठाउने समाचार अस्वीकार गरेको छ भने दक्षिण कोरियाबाट औपचारिक प्रतिक्रिया आएको छैन।

विश्व तेल ढुवानीको अत्यन्त संवेदनशील मार्ग मानिने होर्मुज जलमार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढाएको छ।