काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता बनाउने विषयमा आन्तरिक छलफल सुरु भएको छ।
पार्टी प्रवक्ता मनिष झाले केन्द्रीय समिति बैठकमार्फत आवश्यक प्रक्रिया पूरा गरेर शाहलाई दलको नेता चयन गर्ने तयारी भइरहेको जानकारी दिए।
आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलको नेताबारे निर्णय गर्न विधान संशोधनलगायत प्रक्रियागत काम पूरा गर्नुपर्ने बताए। त्यसका लागि केही प्रमुख नेताको उपस्थितिसमेत आवश्यक रहेको उनले उल्लेख गरे।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा प्रतिस्पर्धा गरेको थियो।