सुनको मूल्य बढ्यो, चाँदी घट्यो

एक महिना अगाडि
सुनको मूल्य बढ्यो, चाँदी घट्यो

सोमबार सुनको मूल्य सामान्य रूपमा बढ्दा चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख ९ हजार ४ सय रुपैयाँ थियो।

पछिल्लो डेढ महिनामा भने सुनको मूल्य प्रतितोला करिब ३० हजार रुपैयाँले घटेको छ। माघ १५ गते सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको थियो।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको छ।