संसदीय राजनीतिबाट पछि हट्ने सीके राउतको घोषणा

एक महिना अगाडि
संसदीय राजनीतिबाट पछि हट्ने सीके राउतको घोषणा

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आगामी दिनमा संसदीय चुनावमा प्रतिस्पर्धा नगर्ने तर आफ्नो राजनीतिक संघर्ष भने जारी रहने बताएका हुन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट उम्मेदवार बनेका राउत पराजित भएका थिए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव २८ हजार ४०४ मतसहित विजयी भएका थिए भने उमेश यादवले १४ हजार २६३ मत पाएका थिए। राउतले भने ९ हजार ८८० मत प्राप्त गरेका थिए।

२०७९ को निर्वाचनमा संघीय संसदमा ६ सिट जितेको जनमत पार्टी यसपटक भने कुनै पनि सिट जित्न सकेन। साथै समानुपातिकतर्फ राष्ट्रिय पार्टी बन्न आवश्यक तीन प्रतिशत मत पनि प्राप्त गर्न सकेन।