औद्योगिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न सुझाव

एक महिना अगाडि
औद्योगिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न सुझाव

उद्योग व्यवसायको सुरक्षा सुनिश्चित गर्न औद्योगिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गर्नुपर्ने सुझाव एक अध्ययन प्रतिवेदनले दिएको छ।

अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको अध्ययन टोलीको नेतृत्व त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले गरेका थिए।

प्रतिवेदनमा उद्योगहरूमा आन्दोलन र तोडफोडका घटना रोक्न विशेष औद्योगिक सुरक्षा बल गठन गर्नुपर्ने उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरिए लगानी वातावरण सुधार हुने र उत्पादन वृद्धि हुने निष्कर्ष अध्ययनले निकालेको छ। साथै व्यवसायीहरूले राजनीतिक संलग्नता घटाएर स्वतन्त्र लगानीकर्ताका रूपमा पहिचान बनाउनु उपयुक्त हुने सुझाव पनि प्रतिवेदनमा दिइएको छ।